images

२०८३ कार्तिक १० गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर ५ अर्ब ८० करोड पुग्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर ५ अर्ब ८० करोड पुग्यो

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको बजार मंगलबार ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा पुगेको हो।

    images
    images

    यस दिन सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंकले घटेका छन्।

    नेप्से परिसूचक सामान्य बढे पनि बजारमा कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन करिब ४ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ३६० वटा कम्पनीका १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

    images
    images

    यस दिन ५३ हजार ३० पटकको कारोबारमा कुल ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट

    यस दिन बेनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ६० रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ४६६ रुपैयाँ ७० पैसा पुगेको छ।

    त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य १२ प्रतिशतले बढेको छ भने दोर्दी खोला जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

    यता, कारोबारमा आएको युनिलिभर नेपालको शेयरमूल्य भने सर्वाधिक ४.९१ प्रतिशतले घटेको छ।

    घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार

    कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको २४ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ।

    जलविद्युत् उपसमूहमा सबैभन्दा बढी वृद्धि

    नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।

    यस दिन जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त, म्युचुअल फन्ड र अन्य उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ।

    समग्रमा नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम बढ्नु र अधिकांश उपसमूहको परिसूचक घट्नुले बजारमा मिश्रित अवस्था देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend