images

२०८३ कार्तिक १० गते

images
images
images
  • समाचार
  • वीरगञ्ज सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा...

वीरगञ्ज सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्न सभापति गजुरेलको आग्रह

वीरगञ्ज सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्न सभापति गजुरेलको आग्रह

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • काठमाडौं, १० कात्तिक । प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीका प्रवेशद्वार २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

    images
    images

    सभापति गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रबाट सञ्चालित वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका हुन्।

    अनुगमनका क्रममा उनीहरूले बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था, सञ्चालन प्रक्रिया, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका सम्भावनाबारे जानकारी लिएका थिए।

    images
    images

    सो अवसरमा पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा तथा एकीकृत जाँचचौकी सञ्चालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेसँग छलफल गरिएको थियो।

    वीरगञ्ज सुक्खा बन्दरगाहमा मासिक औसत ११० वटा मालवाहक रेल आउने गरेका छन् भने एकीकृत जाँचचौकीमा दैनिक औसत ८०० मालवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

    गजुरेलले रेलसम्बन्धी पूर्वाधारको प्रभावकारी उपयोग, रेल सञ्चालनलाई व्यवस्थित बनाउने तथा मालसामान ढुवानीलाई सहज र छरितो बनाउने विषयमा आवश्यक निर्देशन दिएका छन्।

    नेपालमा रासायनिक मलको आपूर्तिमा रेलमार्गको महत्त्वपूर्ण भूमिका रहेकाले मल आयातसम्बन्धी भन्सार प्रक्रिया सहज बनाउन पनि उनले सुझाव दिएका छन्। भन्सार प्रक्रिया छरितो बनाउँदा आयात तथा ढुवानी व्यवस्थापनमा सुधार हुनुका साथै बन्दरगाहको सञ्चालन प्रभावकारिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिनिधिसभा पूर्वाधार विकास समितिको यो अनुगमनले वीरगञ्जका प्रमुख व्यापारिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend