images

२०८३ कार्तिक ११ गते

images
images
images
  • कृषि
  • कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै...

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • सप्तरी, १० कात्तिक । मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ ।  

    images
    images

    मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ । देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको पाइन्छ ।

    महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथमण्डल  परम्परादेखि बैलगाडामा सामान आोसार्ने कामलाई अहिले पनि निरन्तरता दिइरहेको बताए । उनले भने, “मलाई याद भएदेखि घरमा बैलगाडा छ । दुई दशक अघिसम्म पनि टोलको अधिकांशको घरमा दुई वटा गोरु र बैलगाडा अनिवार्य हुन्थ्यो । कतै यात्रा गर्न, सामान ओसार्न, जन्तीजान, बेहुली ल्याउन पनि बैलगाडाकै प्रयोग हुन्थ्यो । 

    images
    images

    तराईका जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि हलो जोत्न, माटो सम्याउन, पराल दाइ गर्न बैल अर्थात गोरुकै  प्रयोग हुँदै आएको राजविराज नगरपालिका–१३ का किशुनदेव यादवले बताए । सहरी र सुगम क्षेत्रमा भने प्रविधिको विकाससँगै खेत जोत्न, माटो सम्याउन, पराल दाइ गर्न ट्याक्टरको प्रयोग हुँदै आएको छ । 

    उखु, धान, पराल, मल, रहरी, चना, तोरीलगायत कुटानी–पिसानीका बस्तु गोरु गाडामा राखेर ओसारपसार गर्ने कार्यले मधेसको ग्रामिण क्षेत्रको मौलिकता झल्केर दिने तिरहुत गाउँपालिका गोइठीकी मेरिना देवले बताए । उनले भने, “परम्परादेखि चली आएको बैलगाडा विगतमा ग्रामीण क्षेत्रको ऐतिहासिक र महत्त्वपूर्ण  सवारीका रुपमा लिने गरिन्थ्यो । यसको प्रयोग खासगरी वर्षादको तुलनामा हिउँद महिनामा बढी प्रयोग गरिन्थ्यो ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend