images

२०८३ कार्तिक १२ गते

images
images
images
  • शिक्षा
  • माध्यमिक शिक्षा परीक्षा २०८४ को आवेदन...

माध्यमिक शिक्षा परीक्षा २०८४ को आवेदन फारम खुला,

माध्यमिक शिक्षा परीक्षा २०८४ को आवेदन फारम खुला,

शुल्क कति ?

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने तथा एसईई परीक्षा आवेदन फारम बुझाउने सम्बन्धी सूचना जारी गरेको छ।

    images
    images

    बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ। रजिस्ट्रेशनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क तोकिएको छ।

    त्यस्तै, एसईई २०८४ मा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम भर्ने व्यवस्था गरिएको छ।

    images
    images

    बोर्डले जारी गरेको सूचना अनुसार परीक्षा आवेदन फारम २०८३ कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म तोकिएको ५०० रुपैयाँ परीक्षा दस्तुर बुझाएर भर्न सकिनेछ।

    बोर्डले सम्बन्धित विद्यालय तथा विद्यार्थीलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। रजिस्ट्रेशन र परीक्षा आवेदनका लागि छुट्टाछुट्टै समयसीमा तोकिएकाले विद्यार्थीले दुवै प्रक्रियाको मिति ख्याल गर्नुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend