images

२०८३ कार्तिक १२ गते

images
images
images
  • समाचार
  • पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको...

पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौँ, ११ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितको लागि १४६ रनको लक्ष्य दिएको छ । 

    images
    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानम जारी खेलमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो ।

    पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।

    images
    images

    सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक एक विकेट हात पारे ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend