images

२०८३ कार्तिक १० गते

images
images
images
  • समाचार
  • ३० दिनभित्र तीन हजार ९०३ सवारीसाधन...

३० दिनभित्र तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

३० दिनभित्र तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • कञ्चनपुर, १० कात्तिक । ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन् । 

    images
    images

    एक महिनाको अवधिमा  कारबाहीमा  परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका  प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका छन् ।

    उनका अनुसार असोजमा सुदूरपश्चिममा २३५ वटा सवारी दुर्घटना भएका थिए । जसमा १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए । दुर्घटनामा ३२१ सवारी संलग्न रहेका थिए ।

    images
    images

    विष्टका अनुसार २०८ वटा दुर्घटना चालकको कारण भएका छन् भने छ वटा मादक पदार्थ सेवनका कारण भएका छन् । 

    त्यसैगरी, सवारीसाधनका कारण नौ वटा, यात्रुको कारण एक वटा, पैदलयात्रुको कारण दुई वटा, चौपायाको कारण पाँच वटा र सडकको कारण चार वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

    “प्रहरीले सवारीको यान्त्रिक परीक्षण गर्ने कार्यक्रमको सुरुआत गरेको छ ।”,  विष्टले भनेका छन् ।
     
    प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएर दुई करोड २० लाख छ हजार मूल्य बराबरको भन्सार छली गरेर ल्याएको सामान नियन्त्रणमा लिएको छ । 

    प्राकृतिक सम्पदा दोहनमा संलग्न पाँच जना मानिस र २८ वटा सवारीसाधन बरामद गरी तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको छ । 

    यसमा संलग्न नौ जना मानिसलाई पक्राउ गरिएको छ । अवैध वन पैदावार चोरीमा ६२ क्युफिट काठ बरामद गरेर तीन लाख १५ हजार राजश्व सङ्कलन भएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले ११ लाख १२ हजार ३०० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend