images

२०८३ कार्तिक १२ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको शेयर धितो कर्जामा अनलाइन...

सिद्धार्थ बैंकको शेयर धितो कर्जामा अनलाइन आवेदन सेवा

सिद्धार्थ बैंकको शेयर धितो कर्जामा अनलाइन आवेदन सेवा

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज र छिटो पूरा गर्ने उद्देश्यले शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।

    images
    images

    बैंकले सुरु गरेको यस सुविधामार्फत ग्राहकले आफूसँग भएको शेयर धितो राखेर आवश्यक कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्। यसका लागि बैंकको मोबाइल बैंकिङ एप ‘BankSmart XP’ मा लगइन गरी Easy Loan > Loan Services > Loan Against Share मा गएर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    बैंकका अनुसार धितोमा राखिने शेयरको मूल्यांकनका आधारमा ग्राहकले ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक आवश्यकताका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ।

    images
    images

    ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको शेयर धितो कर्जा सुविधा बैंकका सबै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ।

    यस सेवासम्बन्धी थप जानकारी लिन चाहने ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।

    डिजिटल बैंकिङ सेवालाई विस्तार गर्दै ग्राहकलाई सहज रूपमा कर्जा आवेदन दिने सुविधा उपलब्ध गराउने बैंकको यो पहलले शेयर धितोमा आधारित कर्जा प्रक्रियालाई थप सरल बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend