images

२०८३ कार्तिक ९ गते

images
images
images
  • उर्जा
  • भिजन लुम्बिनी ऊर्जाले ३.६८४२ प्रतिशत नगद...

भिजन लुम्बिनी ऊर्जाले ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने

भिजन लुम्बिनी ऊर्जाले ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड (VLUCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

    images
    images

    कम्पनीले आगामी मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–स्थित दियालो फुडल्याण्ड कालिकानगरमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ९ बजे सुरु हुनेछ।

    सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गरिने कम्पनीले जनाएको छ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसअनुसार कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend