images

२०८३ कार्तिक २ गते

images
images
images
  • उर्जा
  • बुढीगण्डकी बाढी प्रभावित चुमनुब्रीका ५०० घरधुरीमा...

बुढीगण्डकी बाढी प्रभावित चुमनुब्रीका ५०० घरधुरीमा बिजुली पुनः सञ्चालन

बुढीगण्डकी बाढी प्रभावित चुमनुब्रीका ५०० घरधुरीमा बिजुली पुनः सञ्चालन

images
images
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • गोरखा । बुढीगण्डकीमा आएको बाढीबाट प्रभावित गोरखाको चुमनुब्री गाउँपालिका–३ का पाँच सय घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ। बाढीले क्षतिग्रस्त सिर्दिवास–उहिया साना जलविद्युत् आयोजनाको आंशिक मर्मतसम्भारपछि आइतबार दिउँसोदेखि विद्युत् सेवा सुचारु भएको हो।

    images
    images

    गत असोज २५ गते आएको बाढीले विद्युत् प्रसारण लाइन बगाएपछि स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका थिए। उपभोक्ता समितिका अध्यक्ष सुजन गुरुङका अनुसार पाँच दिनसम्म निरन्तर मर्मत कार्य गरेपछि १४ वटा विद्युत् पोल र तिनमा जडान गरिएका तार मर्मत गरी सेवा सञ्चालनमा ल्याइएको हो।

    विद्युत् सेवा पुनः सञ्चालन भएसँगै सानो फिलिम, ठूलो फिलिम, देवल, पाती, आँगासर्स्यूँ, पाङसिङ, न्याक, पेवा, घट्टेखोला, नाग्चेत, सिर्दिवास, भालुवन र लोक्पाका पाँच सय घरधुरी लाभान्वित भएका छन्।

    images
    images

    बाढीका कारण सिर्दिवास–उहिया साना जलविद्युत् आयोजना र जगत मिनी हाइड्रोपावरमा क्षति पुग्दा ९७० भन्दा बढी घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका थिए। आठ दिनसम्म विद्युत् अवरुद्ध भएपछि सेवा पुनः सञ्चालन हुँदा स्थानीय उपभोक्ता खुसी भएका छन्।

    यद्यपि, सिर्दिवास–उहिया आयोजना अन्तर्गत ठाडोभर्याङ, यारु र दोभान क्षेत्रमा विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन। बाढीले ठाडोभर्याङ र दोभानका झोलुङ्गे पुल तथा बेलीब्रिज बगाएकाले नदीपारि पुगेर मर्मत गर्न समस्या भएको अध्यक्ष गुरुङले बताए। उनका अनुसार दसैँलगत्तै ती क्षेत्रमा मर्मत कार्य सुरु गरिनेछ।

    यसैबीच, बाढीले भालुवनस्थित जगत मिनी हाइड्रोपावर आयोजनामा समेत क्षति पुर्‍याएको छ। आयोजनाको पावरहाउसमा जडित उपकरणमा क्षति पुगेकाले मर्मतसम्भारमा समय लाग्ने उपभोक्ता समितिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार उक्त आयोजनाबाट विद्युत् सेवा पुनः सञ्चालन गर्न तिहारपछिसम्म लाग्न सक्ने अनुमान छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend