काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले आगामी कात्तिक १० गते मंगलबार विशेष साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा बिहान ११ बजे पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा रहेको कम्पनीको कार्यालयमा हुनेछ। विशेष साधारण सभामा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संशोधित प्रबन्धपत्र तथा नियमावलीमाथि छलफल गरी पारित गर्ने तथा अन्य विषयमा छलफल गरिने बताइएको छ । कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सेयरधनीहरूको उपस्थिति सुनिश्चित गर्न यो सूचना प्रकाशित गरिएको हो ।




.gif)



