images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • ‘पाँच पाण्डव’मा द्रौपदी बन्दै इभा गिरी,...

‘पाँच पाण्डव’मा द्रौपदी बन्दै इभा गिरी, कात्तिक २० गतेदेखि प्रदर्शन हुने

‘पाँच पाण्डव’मा द्रौपदी बन्दै इभा गिरी, कात्तिक २० गतेदेखि प्रदर्शन हुने

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’ मा द्रौपदीको भूमिकामा इभा गिरी देखिने भएकी छन् । निर्माण युनिटले सार्वजनिक गरेको फिल्मको पोस्टरमा उनी द्रौपदी लुक्समा देखिएकी हुन् ।रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रौपदीको लुक्सले दर्शकको ध्यान खिच्छ । महाभारतकी द्रौपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा उनलाई देखाइएको छ । फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् ।‘हामीले फिल्ममा इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ’, निरौलाले भने– ‘जसरी उहाँ युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ, हाम्रो फिल्मको क्यारेक्टरमा पनि त्यस्तै रुचाइनु हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

    images
    images

    तिहारको छेको पारेर कात्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुने फिल्म अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताए ।काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि मुख्य भूमिका छ ।फिल्मको प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्मातामा काली रानी श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’ मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।‘पाँच पाण्डव’ लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend