images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • त्रिशूली–भोटेकोशी विपद् अध्ययन समितिको टोली विदुरमा,...

त्रिशूली–भोटेकोशी विपद् अध्ययन समितिको टोली विदुरमा, पुनर्निर्माण र जोखिम न्यूनीकरणबारे सुझाव सङ्कलन

त्रिशूली–भोटेकोशी विपद् अध्ययन समितिको टोली विदुरमा, पुनर्निर्माण र जोखिम न्यूनीकरणबारे सुझाव सङ्कलन

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । त्रिशूली–भोटेकोशी महाविपति अध्ययन विशेष संसदीय समितिको टोली त्रिशूलीको विदुर नगरपालिका पुगेको छ । टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तिनै तहका सरकारका प्रतिनिधिहरूसँग विपद् र विपद्पछिका अवस्थाबारे जानकारी लिएको छ । त्यसक्रममा खोज, उद्धारको अवस्था, राहत तथा अस्थायी आश्रयको स्थिति, आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनर्स्थापना, सुरक्षित पुनर्स्थापना र पुनर्वासका पक्षमा गरिएका तयारीसहित दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणमा अपनाइनुपर्ने विधिका बारेमा दिएका सुझावलाई सङ्कलन गरेको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन् ।

    images
    images

    सुझाव दिने क्रममा स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनःस्थापनामा जोड दिँदै तत्काल कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न आग्रह गरेका छन् । गत भदौ १० गते गएको विपद् र त्यसले पारेको असरका बारेमा अध्ययन गर्न पराजुलीको नेतृत्वमा समिति गठन भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend