काठमाडौँ। कोरिया पठाउने भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको छ।कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सार्वजनिक गरेकी थिइन्।
प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै सार्वजनिक गरिएको उक्त भिडियोका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले पाण्डेलाई असोज २० गते रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने २८ वर्षीय पाण्डेलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।




.gif)



