images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्से सीईओका लागि चार उम्मेदवार सर्टलिस्टमा,...

नेप्से सीईओका लागि चार उम्मेदवार सर्टलिस्टमा, तीन जनाको नाम सिफारिस गरिने

नेप्से सीईओका लागि चार उम्मेदवार सर्टलिस्टमा, तीन जनाको नाम सिफारिस गरिने

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। अर्थ मन्त्रालयअन्तर्गत गठित सीईओ छनोट तथा सिफारिस समितिले चार जनाको नाम अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि छनोट गरेको हो।सर्टलिस्टमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्।

    images
    images

    सहसचिव महेश आचार्यको संयोजकत्वमा रहेको समितिले गत साउन १२ गते नेप्सेको सीईओ पदका लागि आवेदन माग गरेको थियो। आवेदन दिने अन्तिम दिन साउन २६ गतेसम्म ८ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये चार जनालाई अर्को चरणका लागि छनोट गरिएको हो।समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई असोज २३ गते अर्थ मन्त्रालयमा अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाएको छ। निर्धारित कार्यतालिकाअनुसार अनिलराज पौडेललाई बिहान ७ बजे, नवराज सापकोटालाई बिहान ८ बजे, नारायणप्रसाद सापकोटालाई साँझ ५ः३० बजे र प्रताप सुवेदीलाई साँझ ६ः३० बजे उपस्थित हुन भनिएको छ।

    उम्मेदवारहरूले तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि नै अन्तर्वार्ता तथा प्रस्तुतीकरणस्थलमा पुगिसक्नुपर्ने समितिको निर्देशन छ।अब अन्तर्वार्ता र प्रस्तुतीकरणपछि चारमध्ये तीन जना उम्मेदवारको नाम छनोट गरी समितिले अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ। मन्त्रालयले तीमध्येबाट मन्त्रिपरिषद्मा नियुक्तिका लागि प्रस्ताव पेस गर्नेछ। मन्त्रिपरिषद्को निर्णयबाट अन्तिम रूपमा एक जना नेप्सेको सीईओ बन्नेछन्।नेप्सेको सीईओ पद चूडामणि चापागाइँले कार्यकाल सकिनुअघि नै राजीनामा दिएपछि रिक्त भएको हो। उनले गत असार २२ गते पदबाट राजीनामा दिएका थिए।चापागाइँलाई तत्कालीन सरकारले २०८१ चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend