images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा...

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । ‘सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पुगेको छ । बिहीबार विधेयक सचिवालयमा आइपुगेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो । 

    images
    images

    भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गर्दै  त्यही दिन विधेयक आयोग पठाएको थियो । लोकसेवा आयोगले सङ्घीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको विधेयक मन्त्रिपरिषद्‌ले स्वीकृत दिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend