images

२०८३ आश्विन १५ गते

images
images
images
  • कृषि
  • प्राकृतिक खेती सिक्न भारत जाँदै ५०...

प्राकृतिक खेती सिक्न भारत जाँदै ५० नेपाली अधिकारी

प्राकृतिक खेती सिक्न भारत जाँदै ५० नेपाली अधिकारी

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । नेपालका ५० जना अधिकारी सम्मिलित टोली प्राकृतिक खेतीसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रमका लागि भारत प्रस्थान गरेको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका अनुसार भारत सरकारको पूर्ण प्रायोजनमा कुरुक्षेत्रस्थित गुरुकुलमा असोज १३ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त तालिममा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको हो। प्राकृतिक खेतीसम्बन्धी प्रशिक्षणमा सहभागिता जनाउने यो नेपाली अधिकारीहरूको तेस्रो ब्याच हो। यसअघि पहिलो र दोस्रो ब्याचले क्रमशः सेप्टेम्बर २०२३ र अगस्ट २०२५ मा आफ्नो तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। 

    images
    images

    यो प्रशिक्षण कार्यक्रम प्राकृतिक तथा दिगो खेती अभ्यासहरूमा क्षमता अभिवृद्धि र ज्ञान आदानप्रदानलाई सुदृढ पार्ने भारत सरकारको पहलको एक हिस्सा रहेको राजदूतावासले जनाएको छ। यस तालिमले सहभागीहरूलाई प्राकृतिक खेती प्रविधिहरूमा व्यावहारिक अनुभव प्राप्त गर्ने तथा दिगो कृषिमा अनुभव र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ। यो पहलले कृषि क्षेत्रमा भारत र नेपालबिचको लामो समयदेखिको साझेदारीका साथै दिगो एवं वातावरणीय रूपमा जिम्मेवार कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने दुवै देशको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। दुई देशबिचको घनिष्ठ र बहुआयामिक साझेदारीअनुरूप नेपालमा मानव संसाधन विकास र क्षमता अभिवृद्धिका लागि भारतको निरन्तर सहयोग रहेको यस कार्यक्रमले स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend