काठमाडौँ । विद्यालय तहको आगामी नयाँ पाठ्यक्रममा समयसापेक्ष र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै केही नयाँ विषय तथा विषयवस्तु समावेश गर्ने प्रस्ताव अघि बढाइएको छ।
प्रस्तावित पाठ्यक्रममा विद्यार्थीलाई प्रविधि, डिजिटल साक्षरता, उद्यमशीलता, वातावरण तथा जीवनोपयोगी सीपसँग जोड्ने विषयवस्तुलाई थप प्राथमिकता दिने तयारी गरिएको बताइएको छ।
नयाँ पाठ्यक्रम मार्फत परम्परागत सैद्धान्तिक शिक्षासँगै विद्यार्थीको सिर्जनात्मक क्षमता, व्यावहारिक ज्ञान र सीप विकासमा जोड दिने उद्देश्य राखिएको छ। प्रस्तावित विषयहरूबारे सरोकारवाला पक्षसँग छलफल तथा सुझाव संकलनपछि अन्तिम निर्णय हुने बताइएको छ।
पाठ्यक्रममा समावेश हुने विषय, कक्षा तथा कार्यान्वयनको समयतालिकाबारे सम्बन्धित निकायले औपचारिक निर्णय गरेपछि विस्तृत विवरण सार्वजनिक हुनेछ।




.gif)





