images

२०८३ आश्विन १५ गते

images
images
images
  • शिक्षा
  • रसुवा बाढी प्रभावित २८ प्रहरीका सन्ततिलाई...

रसुवा बाढी प्रभावित २८ प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा

रसुवा बाढी प्रभावित २८ प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौँ। गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा तिनका परिवारजनका लागि नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ।सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो।

    images
    images

     प्रभावित प्रहरी परिवारका सदस्यहरूको जीविकोपार्जन एवं दीर्घकालीन पुनर्मिलन र पुनःस्थापनाका लागि सीपमूलक तथा व्यावसायिक तालिम दिई रोजगारीको समेत उचित व्यवस्था मिलाउने निर्णय गरेको छ। जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा अहोरात्र खटिएका प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्याङ्कन गर्दै यो कदम चालिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend