काठमाडौं । GWM नेपालले दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘GWM Festive Offer – Go With More’ योजना सार्वजनिक गरेको छ ।योजनाअन्तर्गत GWM का विद्युतीय एसयूभी ORA 5 EV र Haval Jolion Max EV खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार ORA 5 EV खरिदमा २ लाख रुपैयाँसम्म र Haval Jolion Max EV खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुनेछन् । अफरअन्तर्गत फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर तथा एसेसरिज उपलब्ध गराइनेछ ।
त्यसैगरी ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु तथा सहज फाइनान्सिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ ।GWM को ORA 5 आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीका लागि परिचित मोडल भएको कम्पनीको भनाइ छ । प्रविधिमैत्री इन्टेरियर र आधुनिक डिजाइन रहेको ORA 5 ले नेपाली बजारमा पनि ग्राहकको चासो बढाउँदै आएको कम्पनीले जनाएको छ ।उक्त मोडलले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवार्ड्स (TADA) अन्तर्गत ‘फ्यामिली कार’ विधामा बेस्ट इन्टेरियर डिजाइन अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।
त्यस्तै, Haval Jolion Max EV मा आधुनिक एसयूभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ । यो मोडल NAIMA Nepal Mobility Expo 2026 मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।‘Go With More’ अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको GWM नेपालले जनाएको छ । कम्पनीले विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो ईभी पोर्टफोलियोलाई विस्तार गर्दै आएको जनाएको छ ।VG Impex Pvt. Ltd. GWM को नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो । कम्पनीका अनुसार यो अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ ।ग्राहकले सम्बन्धित शोरुममा गएर अफर, एक्सचेन्ज तथा फाइन्सिङ सुविधाबारे थप जानकारी लिन सक्नेछन् ।




.gif)





