images

२०८३ आश्विन १५ गते

images
images
images

पर्साका विद्यालयलाई सहयोग

पर्साका विद्यालयलाई सहयोग

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • वीरगञ्ज (पर्सा), १३ असोज । ‘उपकार सेवा नेपाल’ले पर्साका दुई विद्यालयलाई पङ्खा सहयोग गरेको छ । विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन तथा पठनपाठन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले पर्साको पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्यालयलाई पाँच÷पाँच थान पङ्खा सहयोग गरेको हो ।

    images
    images

    वडा नं ६ स्थित ‘दलित उत्थान प्राथमिक विद्यालय’ र वडा नं ८ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पङ्खा हस्तान्तरण गरिएको छ । 

    संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक राम अयोध्या रौनियारलाई पङ्खा हस्तान्तरण गरिएको हो । 

    images
    images

    अध्यक्ष सरावगीले गर्मी मौसममा विद्यार्थीलाई सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पङ्खा प्रदान गरिएको बताईन । 

    ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनासहित उपकार सेवा नेपालले शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend