images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सर्वोच्चद्वारा राजकुमार शर्माले दायर गरेको रिट...

सर्वोच्चद्वारा राजकुमार शर्माले दायर गरेको रिट खारेज

सर्वोच्चद्वारा राजकुमार शर्माले दायर गरेको रिट खारेज

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले दायर गरेको रिट नै खारेज गरिदिएको छ । नेपाली कम्युनिस्ट पार्टीको पत्रका आधारमा प्रदेशसभा सचिवालयले सांसद पद रिक्त गर्ने निर्णयविरुद्ध दायर रिटमा न्यायाधीश सारङ्गा सुवेदी र र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरिदिएको हो ।सर्वोच्चले यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । सर्वोच्चको आदेशसँगै प्रदेशसभा सचिवालयको पद खारेजीसम्बन्धी निर्णय कार्यान्वयनको बाटो खुलेको छ ।

    images
    images

    तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लगाउँदै उक्त पार्टी (नेपाली कम्युनिस्ट पार्टी) को सिफारिसको आधारमा प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेको थियो ।नेकपाको सिफारिसमा सांसद पद गुमेपछि शर्मा सर्वोच्च अदालत पुगेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend