images

२०८३ आश्विन १५ गते

images
images
images

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • चितवन। भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित छन्। कारागार कार्यालयका अनुसार ६९ जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआइभी/एड्सलगायत रोगका बिरामी हुन्।कारागारमा क्यान्सरका कारण बर्सेनि बन्दीको मृत्यु हुने गरेको छ। भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई रिफर गरिने भएकाले अन्तिम चरणका बिरामीको मृत्यु हुने गरेको कार्यालयले जनाएको छ। कारागार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए।

    images
    images

    आर्थिक वर्ष २०८२/८३ मा एक जना र आर्थिक वर्ष २०८१/८२ मा एक जना बन्दीको क्यान्सरका कारण मृत्यु भएको थियो। सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल कारागारमा क्यान्सरका तीन जना बिरामी छन् । तीमध्ये दुई कारागारभित्र र एक जना अस्पतालमा उपचाररत छन्।कारागारमा रहेका दीर्घ तथा जटिल रोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामी सबैभन्दा बढी रहेका सूचना अधिकारी ढुङ्गानाले जानकारी दिए। तथ्याङ्कअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जना मधुमेहबाट पीडित छन्।सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल क्यान्सरका एक र अन्य रोगका एक गरी दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। उनले कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीले गर्ने गरेको बताए।एचआईभी सङ्क्रमित पाँच जना बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन्। हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक रहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend