कैलाली । नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि. ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा र अप्रिलियाप्रति बढ्दै गएको युवापुस्ताको रुचि तथा ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको हो।
कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको छ। धनगढी उपमहानगरपालिका-४ स्थित वेस्टर्न म्याक नेपाल प्रा. लि. बाट अब नाडामा हालसालै सार्वजनिक भएको नेपालकै पहिलो १७५ सिसीको अप्रिलिया एसआर १७५ र भेस्पाका लाइल्याक तथा ओरो गोल्डेन रङका दुई नयाँ मोडलसहित अन्य मोडल तथा रङका स्कुटर खरिद गर्न सकिनेछ।




.gif)



