images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • वर्षा–हिमपातले मुस्ताङमा सडक, विद्युत् र इन्टरनेट...

वर्षा–हिमपातले मुस्ताङमा सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

वर्षा–हिमपातले मुस्ताङमा सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • पोखरा ।  वर्षा र हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । बाढी–पहिरोका कारण विभिन्न ठाउँमा सडक भत्किएको छ भने बिजुली र इन्टरनेट नहुँदा जिल्लाको जनजीवन प्रभावित भएको हो ।जिल्ला प्रशासन कार्यालय मुस्ताङले अवरुद्ध भएका सेवाहरू छिटोभन्दा छिटो सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी तीव्र रूपमा काम भइरहेको जनाएको छ ।

    images
    images

    मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार म्याग्दीतर्फ बाटै प्रसारण लाइनमा समस्या आएकाले जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको हो । ‘तल्लो क्षेत्रबाटै हाम्रो कनेक्सन टुटेको छ । सम्बन्धित निकायले काम गरिरहेको र आजसम्म बिजुली बन्छ भन्ने कुरा छ,’ उनले भनिन्, ‘छिटोभन्दा छिटो सेवा सञ्चालनमा ल्याउन हामीले निर्देशन दिएका छौँ ।’मोबाइल नेटवर्कमा केही सुधार देखिए पनि इन्टरनेट सेवा भने पूर्ण रूपमा ठप्प रहेको उनले बताइन् । ‘टेलिफोनको नेटवर्क हिजो अलि गाह्रो थियो । आज लागेको छ । तर वाइफाइ÷इन्टरनेट हिजोदेखि नै चलेको छैन,’ उनले भनिन् । पहिरोका कारण मुस्ताङ जोड्ने मुख्य सडक तथा उपल्लो मुस्ताङतर्फको सडक पनि अवरुद्ध भएको छ । लेते, समर खोला, घमी लगायतका ठाउँमा सडकमा क्षति पुगेको उनले बताइन् । ‘हिजैदेखि सडक खुलाउन प्रयास भैरहेको छ । सडक करिडोरले हिजो लेतेभन्दा केही तलसम्म पहिरो पन्छाएर बाटो क्लियर गरिसकेको छ,’ शर्मा भन्छिन्, ‘त्योभन्दा उताको पहिरो आज हटाउने काम हुँदैछ । माथि उपल्लो मुस्ताङतर्फ पनि सँगसँगै बाटो खुलाउँदै जाने योजना छ ।’

    यसैबीच उत्तरी कोरला नाकातर्फ परेको हिउँ बिस्तारै पग्लिन थालेको प्रशासनले जनाएको छ । नाकामा रोकिएका कन्टेनर तथा सवारीसाधन झर्नका लागि अझै केही समय लाग्ने बताइएको छ । सडकको अवस्था र जोखिम हेरेर मात्र गाडीहरु झार्ने प्रशासनले जनाएको छ । ‘माथिल्लो क्षेत्रको हिउँ बिस्तारै पग्लिँदैछ । तर हिमालको बाटो धेरै भिजेको हुनाले कत्तिको जोखिम हुन्छ, त्यसको अवस्था हेरेर र समन्वय गरेर मात्र सवारी आवागमन खुला गरिनेछ,’ शर्माको भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend