images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक, सोमबार...

प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक, सोमबार पाँच विधेयक प्रस्तुत हुँदै

प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक, सोमबार पाँच विधेयक प्रस्तुत हुँदै

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको आगामी सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक गरिएको कार्यसूचीमा कानुन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विधेयकहरू प्रस्तुत हुनेछन् । कार्यसूचीको पहिलो बुँदामा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ । सुरुमा मन्त्री गौतमले  विधेयक सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । त्यसपछि विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

    images
    images

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने र तत्पश्चात् उक्त विधेयक प्रस्तुत गर्ने कार्यतालिका दोस्रो बुँदामा छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ लाई पेस गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ पेस गर्ने र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ मन्त्री मेहताले पेस गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

    825260186_1086232490937250_8027023542260682961_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend