images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा, सोमबारदेखि...

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा, सोमबारदेखि मौसम सुधार हुने अनुमान

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा, सोमबारदेखि मौसम सुधार हुने अनुमान

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । काठमाडौंसहित बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा लगातार पानी परिरहेको छ।गण्डकी र लुम्बिनीमा त भारीदेखि धेरै भारी वर्षा हुँदा डुबान र बाढी पहिरोका घटना बढेका छन्।जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भूभागमा शनिबारदेखि मौसम सुधार हुने अनुमान गरेका थिए। काठमाडौंमा पनि शनिबारदेखि नै भारी वर्षा नहुने भनिएको थियो।कोशी प्रदेशमा पछिल्लो १२ घन्टामा छिटपुटदेखि हल्का मात्रै वर्षा भएको छ।काठमाडौं उपत्यकामा भने रातिदेखि नै पनी परिरहेको छ।पछिल्लो १२ घन्टामा ललितपुरको गोदावरीमा ४९ मिलिमिटर, खोकनामा ४०.६ मिलिमिटर, खुमलटारमा ३१.४ मिलिमिटर वर्षा मापन भएको छ।

    images
    images

    काठमाडौंको चन्द्रागिरीमा ५२ मिलिमिटर, थानकोटमा ४१ मिलिमिटर, नागार्जुनमा ३३ मिलिमिटर, कीर्तिपुरमा ३२ मिलिमिटर वर्षा मापन भएको छ।त्यस्तै भक्तपुरको चाँगुनारायणमा २२ मिलिमिटर वर्षा पछिल्लो चौबीस घन्टामा भएको छ।बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र, नेपालमा सक्रिय मनसुन र पश्चिमी वायुको प्रभाव छ।भारतको उत्तर प्रदेश आसपास पुगेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले भइरहेको वर्षा कुनै नयाँ मौसमी प्रणाली विकास भएर भएको होइन।बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्र ‍अहिले उत्तर-पश्चिम हुँदै नेपाल नजिक आइपुगेको छ। यसको प्रभावले वर्षाको क्रम बढेको उनले बताए। यद्यपि मात्रा भने नबढेको उनी बताउँछन्।

     'न्यूनचापीय क्षेत्र अहिले नेपाल नजिकै आइपुगेको छ। गए रातिदेखि यो भारतको उत्तर प्रदेश आसपासमा छ,’ मौसमविद् अधिकारीले भने, ‘जमिनमा प्रवेश गरेपछि प्रणाली कमजोर त हुन्छ, तर नेपाल नजिकै भएकाले यसले अलिकति प्रभाव पारेको हो।’त्यसैगरी बंगालको खाडी र अरब सागर दुवैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको पनि मौसमविद अधिकारीले बताए।यो जलवाष्पयुक्त हावा अहिले पानी परिहरहेको क्षेत्रमा केन्द्रित छ।मधेशको पश्चिमी भूभाग, बागमतीको चितवन, लुम्बिनीको पूर्वी भूभाग तथा गण्डकीका पहाडी र तराई भूभागमा यो हावा केन्द्रित रहेको उनले बताए।‘चितवन, बारा, पर्साको पश्चिम भाग, रूपन्देही, कपिलवस्तुको पूर्वी भाग तथा गण्डकीका नवलपरासी पूर्व–पश्चिम, तनहुँ र कास्कीको तल्लो क्षेत्रमा जलवाष्पयुक्त हावा केन्द्रित भएकाले बढी पानी परेको हो,’ अधिकारीले भने।

    images
    images

    अहिले पश्चिमी भूभागमा न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा छ। यसले बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावालाई माथि उठ्न र वर्षा गराउन सहयोग गरिरहेको हुन्छ।उनका अनुसार काठमाडौंमा भने आज वर्षाको मात्रा धेरै हुने छैन। छिटपुटदेखि हल्का र सामान्य वर्षा हुन सक्ने भए पनि अपराह्नपछि वर्षाको क्रम थप कम हुँदै जानेछ।'मध्याह्नपछि मौसममा थप सुधार आउनेछ। तर राति र बिहान परेको पानीका कारण दिउँसोसम्म जोखिम रहन सक्ने भएकाले आज अलि सतर्कता अपनाउनुपर्नेछ,’ उनले भने।उनका अनुसार सोमबारदेखि भने मौसममा उल्लेख्य सुधार आउनेछ।काठमाडौंमा आइतबार दिउँसो र राति ठूलो वर्षाको सम्भावना छैन। अपराह्नतिर हल्कादेखि सामान्य वर्षा हुन सक्ने उनले बताए।सोमबारदेखि भने काठमाडौंसहित देशैभरि मौसम सुधार हुँदै जाने मौसमविद अधिकारीले बताए।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend