images

२०८३ आश्विन १५ गते

images
images
images

जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण

जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकलाई बीमासम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

    images
    images

    विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले जानकारी दिए।

    कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार र महत्वका साथै बीमा क्षेत्रका चुनौती तथा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण गरिन्।

    images
    images

    उनले विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै बीमासम्बन्धी जानकारी समुदायस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्।

    कार्यक्रममा विद्यार्थीका लागि प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले जीवन, सम्पत्ति, कृषि तथा अन्य बीमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।

    विद्यालयका प्रधानाध्यापक पंकज खड्काले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा व्यावहारिक वित्तीय ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

    नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले जीवन, घर, कृषि तथा पशुपन्छी बीमाले विपद् तथा विभिन्न प्रकारका क्षतिबाट हुने आर्थिक जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने बताए।

    कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक निर्देशक सविता झाले गरेकी थिइन्। उनले बीमा गर्दा बीमा लेखमा उल्लेख भएका नियम तथा सर्तहरू राम्रोसँग बुझ्न आग्रह गरिन्।

    बीमा क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएकाले विद्यार्थीका लागि यो राम्रो करियर क्षेत्र बन्न सक्ने बताउँदै झाले बीमासम्बन्धी चेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend