images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज र राति देशका विभिन्न सहरमा...

आज र राति देशका विभिन्न सहरमा भारी वर्षाको सम्भावना,यी सहरमा बढी जोखिम

आज र राति देशका विभिन्न सहरमा भारी वर्षाको सम्भावना,यी सहरमा बढी जोखिम

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका प्रमुख सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। अनुसार आज दिउँसो नेपालगन्ज, घोराही, पोखरा र भैरहवामा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ। पोखरामा वर्षाको सम्भावना शतप्रतिशत छ भने घोराही, नेपालगन्ज र भैरहवामा ९० प्रतिशत रहने जनाइएको छ। त्यसैगरी काठमाडौँ, ओखलढुङ्गा, जुम्ला र ताप्लेजुङमा दिउँसो ९० प्रतिशत वर्षाको सम्भावनासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। 

    images
    images

    डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, सिमरा, धनकुटा, जोमसोम र जिरीमा ८० प्रतिशत तथा विराटनगर, धरान र जनकपुरमा ६० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुनेछ।आज राति मौसम थप प्रभावित हुने सम्भावना छ। धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, पोखरा र भैरहवामा रातिको समयमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। पोखरा र जोमसोममा राति वर्षाको सम्भावना १०० प्रतिशत छ। घोराही र जुम्लामा ९० प्रतिशत तथा डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर र नेपालगन्जमा ८० प्रतिशत सम्भावनासहित वर्षा हुनेछ। यस्तै काठमाडौँ, सिमरा, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा ६० प्रतिशत तथा धनकुटा, विराटनगर, धरान र जनकपुरमा ४० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुने जनाइएको छ।तापक्रमतर्फ आज दिउँसो भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी २६ देखि २८ डिग्री सेल्सियस रहनेछ भने जोमसोमको अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसमा सीमित रहनेछ। काठमाडौँको दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ। रातिको न्यूनतम तापक्रम जोमसोममा सबैभन्दा कम ८ देखि १० डिग्री सेल्सियस र विराटनगरमा सबैभन्दा बढी २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ।

    821175195_4395072260742235_6332050810789350122_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend