images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • देशभरका नदीमा बढ्दै जलसतह, आज १३...

देशभरका नदीमा बढ्दै जलसतह, आज १३ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

देशभरका नदीमा बढ्दै जलसतह, आज १३ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ। शुक्रबार बिहान जारी गरिएको विशेष बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कन्काई, कमला र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तह नजिक पुगेको छ। आज बिहानको मापन अनुसार पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ। आज र भोलि देशका धेरैजसो प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। 

    images
    images

    महाशाखाका अनुसार आज सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी लगायत कोशी बेसिनका नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ। यसैगरी नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य बढ्ने र भोलि असोज १० गते उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।स-साना नदीहरूमा आउन सक्ने आकस्मिक बाढीको जोखिमलाई हेर्दा आज देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरु बढी प्रभावित हुने देखिएको छ। महाशाखाले जारी गरेको बुलेटिनमा स्पष्ट पारिएको छ,‘गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।’ 

    यसबाहेक पूर्वको ताप्लेजुङदेखि पश्चिमको बैतडीसम्मका अन्य दर्जनौँ जिल्लाहरूमा बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।भोलि आकस्मिक बाढीको उच्च जोखिम अझै धेरै जिल्लाहरूमा फैलिनेछ। नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदीमा बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ। पर्सि असोज ११ गते पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिन्छ।

    images
    images

    825267846_122234115428355476_3571106090668123900_n825267899_122234115392355476_5359864696627821229_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend