images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • फ्राईडे रिलिजमा तीन नेपाली फिल्म भिड्दै,...

फ्राईडे रिलिजमा तीन नेपाली फिल्म भिड्दै, ‘आचार्य’, ‘बा: एक योद्धा’ र ‘जदौ’ प्रदर्शनमा

फ्राईडे रिलिजमा तीन नेपाली फिल्म भिड्दै, ‘आचार्य’, ‘बा: एक योद्धा’ र ‘जदौ’ प्रदर्शनमा

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । फ्राईडे रिलिजको परम्परा धान्दै आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’ र ‘जदौ’ ।

    images
    images

    एक्सन, पारिवारिक संवेदना र सामाजिक विषयवस्तु गरी फरक फरक बिषयबस्तुमा निर्माण भएका यी तीन फिल्म एकअर्काेसँग भिड्न तयार भएका हुन् । यद्यपि देशभरका सिनेमाघर यी तीन फिल्मले मात्र पाएको छैन । किनभने अघिल्लो साताहरूमा प्रदर्शनमा आएका ‘झिँगेदाउ २’, ‘बेहुली’ लगायतले अझै धेरै स्टेसन ओगटेर बसेका छन् ।

     आचार्य:
    एक्सन स्टार निखिल उप्रेतीको होम प्रोडक्सनमा बनेको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ भरपुर एक्सनले भरिएको फिल्म हो । देशभर १३७ वटा शो पाएको फिल्म मार्फत अभिनेता निखिल उप्रेती ११ वर्षपछि अभिनय र निर्देशनमा कमब्याक गरेका छन् । अग्रिम बुकिङ समेत राम्रो देखिएको फिल्ममा वर्षाका कारण बिहानको शोमा दर्शकको उपस्थिति केही औसत देखिए पनि दिउसोका बुकिङ राम्रो रहेको वितरक मनोज राठी बताउँछन् ।निखिल उप्रेती स्वयंको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्ममा  उनको अलावा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीका साथै सजिना श्रेष्ठ, पूर्णिका सिजापतिलगायतको अभिनय छ।सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन, शुक्रराज शाहको एक्सन तथा बन्दे प्रसादको सम्पादन रहेको यो फिल्म एक्सन र प्राविधिक पक्षका कारण दर्शकमाझ प्रशिक्षित रहेको थियो ।

    images
    images

    बा: एक योद्धा :

    नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने संघर्ष, त्याग र वृद्ध अवस्थामा आफ्नै सन्तानबाट भोग्नुपर्ने उपेक्षाको मर्मस्पर्शी कथा बोकेको फिल्म ‘बा: एक योद्धा’ हरि लम्सालले निर्देशन गरेका हुन् । काठमाडौँ, नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रिमियरमा राम्रो प्रतिक्रिया पाउन सफल फिल्ममा अभिनेता दिव्य देवले बुबाको भूमिका निर्वाह गरेका छन्आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले निर्माण गरेको फिल्ममा दिव्यदेवको अलावा सुहाना थापा, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको मुख्य भूमिका छ । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई कुवेर सिने डिस्ट्रिब्युसनमार्फत आशिष एच तामाङ र प्रदीप धामीले वितरण गरेका छन्।

    जदौ :

    अन्तर्जातीय सम्बन्ध, सामाजिक विभेद र गरिबमाथि हुने थिचोमिचोको विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘जदौ’ पनि आजैबाट देशव्यापी प्रदर्शनमा आएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यो फिल्मले हाँसो, रोमान्स र रोदनको सम्मिश्रणसहित समाजलाई सकारात्मक सन्देश दिने प्रयास गरेको छ ।निर्देशक काजी लिम्बूको कथा रहेको फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौडेल, राजश्री थापालगायतका कलाकारहरूको मुख्य भूमिका छ । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको यो फिल्मलाई समीश्रण मुभीज एण्ड इन्टरटेनमेन्ट र सिल्भर स्क्रिन इन्टरटेनमेन्टले संयुक्त रूपमा निर्माण गरेका हुन् भने एनजिसिएन ग्रुपले वितरणको जिम्मा पाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend