images

२०८३ आश्विन १५ गते

images
images
images

दुई महिनामै नेपालको व्यापार घाटा ३ खर्ब २४ अर्ब पुग्यो

दुई महिनामै नेपालको व्यापार घाटा ३ खर्ब २४ अर्ब पुग्यो

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ३ खर्ब भन्दा बढी रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ रहेको हो ।गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा व्यापार घाटा २६.०२ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब रुपैयाँ रहेको थियो ।  चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वस्तु आयात ४ खर्ब रुपैयाँ  नाघेको छ । यो अवधिमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ३१.५८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८२÷८३ को भदौ मसान्तसम्म नेपालले ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

    images
    images

    यस अवधिमा आयातसँगै निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । विभागका अनुसार चालु आवको पहिलो २ महिनामा नेपालबाट ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.८६ प्रतिशतले बढी हो । गत वर्ष भदौ मसान्तसम्म नेपालबाट ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तर, निर्यातको वृद्धिदर उच्च भए पनि आयातको तुलनामा निर्यात निकै कमजोर हुँदा व्यापार घाटा भने चुलिएको छ । 

    तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा अत्यधिक रहेको छ । चालु आवको पहिलो दुई महिनामा आयात–निर्यात अनुपात ५.२४ प्रतिशत रहेको छ भने कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३.९८ प्रतिशत पुगेको छ । निर्यातमा भएको वृद्धिले केही सकारात्मक संकेत देखाए पनि आयातको तीव्र विस्तारले नेपालको बाह्य व्यापार सन्तुलनमा दबाब कायमै रहेको देखाएको छ । चालु आवको सुरुवाती दुई महिनामै देखिएको यो अवस्थाले उपभोगमुखी आयात र कमजोर उत्पादन क्षमताको चुनौती अझै कायम रहेको संकेत गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend