images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले रौतहटको माधव नारायण नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो।

    images
    images

    यादवले जिल्ला विकास समिति, रौतहट अन्तर्गतको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिने क्रममा भारतको पटनास्थित ‘बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल’बाट जारी भएको देखिने आईए  तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ।यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend