images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • वर्षाको पूर्वानुमानपछि उपत्यकाका नदी करिडोरमा पार्किङ...

वर्षाको पूर्वानुमानपछि उपत्यकाका नदी करिडोरमा पार्किङ निषेध

वर्षाको पूर्वानुमानपछि उपत्यकाका नदी करिडोरमा पार्किङ निषेध

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि उपत्यकामा पूर्व सचेतना अपनाउन थालिएको छ । विभागले बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सतर्क रहन भनेको छ ।वर्षासँगै उपत्यकाको नदी करिडोरमा बहाव बढ्न सक्ने आकलन गरेर ट्राफिक प्रहरीले करिडोर क्षेत्रमा पार्किङ गर्न रोक लगाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका जोखिम युक्त करिडोर क्षेत्रमा पार्किङ निषेध गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले  बताए । 

    images
    images

    उनका अनुसार बागमती नदी, विष्णुमती, धोविखोला र हनुमन्ते खोला करिडोरमा जोखिम अवधिभर कुनै पनि सवारी साधन रोक्न र पार्किङ गर्न पाइने छैन । करिडोरमा सञ्चालित वर्कसपमा पनि सवारी नराख्न माइकिङ गरेर जानकारी गराइएको एसपी सुवेदीले बताए ।मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend