images

२०८३ आश्विन १५ गते

images
images
images
  • शिक्षा
  • बुटवलमा अविरल वर्षाको जोखिमसँगै दुई दिन...

बुटवलमा अविरल वर्षाको जोखिमसँगै दुई दिन विद्यालय बन्द

बुटवलमा अविरल वर्षाको जोखिमसँगै दुई दिन विद्यालय बन्द

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।उपमहानगरपालिकाका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गरिनेछ। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन्।

    images
    images

    सम्भावित बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न विद्यालय तथा अभिभावकलाई आग्रह गरेको छ।उपमहानगरपालिकाले बालबालिकालाई खोला किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा जान नदिन र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।जारी सूचनामा निर्णयअनुसार विद्यालयको पठनपाठन बन्द गरी आवश्यक कार्यान्वयन गर्न तथा गराउन सबै विद्यालयलाई निर्देशन दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend