काठमाडौँ। बुबालाई स्कुटर उपहार दिएर खुसी पार्ने चाहनासहित तयार पारिएको भावनात्मक रिल्सले दर्शकको मन जितेपछि ऋृतिका खत्री ‘BGauss कन्टेन्ट क्रिएटर च्यालेन्ज’ की ग्रान्ड प्राइज विजेता बनेकी छन्।अग्नि ग्रुपअन्तर्गत BGauss Smart E-Scooters को आधिकारिक वितरक अग्नि मोटोइन्कले आयोजना गरेको प्रतियोगिता ‘नाइमा २०२६’ कार्यक्रमका क्रममा २०८३ साउन २७ देखि भदौ १ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार हस्तान्तरण समारोह बुधबार BGauss को आधिकारिक शोरुम, उत्तरढोकामा सम्पन्न भएको हो।
प्रतियोगितामा ऋृतिका खत्रीले आफ्ना बुबाप्रतिको माया र सम्मानलाई केन्द्रमा राख्दै तयार पारेको भावनात्मक भिडियो प्रस्तुत गरेकी थिइन्। उक्त सामग्रीले दर्शकसँग भावनात्मक रूपमा जोडिन सफल भएपछि उनी ग्रान्ड प्राइज जित्न सफल भएकी हुन्।विजेता खत्रीलाई समारोहमा रु. २ लाख ३३ हजार १०० मूल्य पर्ने BGauss C12 IEX इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। पुरस्कार ग्रहण गर्दै खत्रीले बुबाका लागि स्कुटर जित्ने आफ्नो चाहना पूरा भएकोमा खुसी व्यक्त गरेकी छन्।
कार्यक्रममा अग्नि मोटोइन्कका अधिकारीहरू तथा विजेता खत्रीका परिवारजनको उपस्थिति थियो। कार्यक्रममा बोल्दै अग्नि मोटोइन्कले खत्रीको प्रस्तुतिले BGauss केवल दृश्य सौन्दर्य, रङ र प्रवर्द्धनात्मक सामग्रीमा सीमित ब्रान्ड नभई उपभोक्ता र समुदायसँग भावनात्मक रूपमा जोडिन चाहने ब्रान्ड भएको सन्देश दिएको जनाएको छ।अग्नि मोटोइन्कले विजेता खत्रीलाई बधाई दिँदै आगामी दिनमा उनीसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै BGauss को यात्रा दर्शक तथा उपभोक्तामाझ थप विस्तार गर्ने अपेक्षा व्यक्त गरेको छ।अग्नि मोटोइन्क अग्नि ग्रुपअन्तर्गतको अटोमोबाइल वितरक कम्पनी हो। कम्पनीले नवीन, वातावरणमैत्री तथा भरपर्दो गतिशीलता समाधान उपलब्ध गराउँदै दिगो सहरी यातायातको विकासमा योगदान पुर्याउने लक्ष्यसहित BGauss Smart E-Scooter लाई नेपाली बजारमा प्रवर्द्धन गर्दै आएको छ।




.gif)





