images

२०८३ आश्विन १५ गते

images
images
images

२० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

२० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–रुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी–केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन्।

    images
    images

    कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी (इभी) गाडीको भन्सार जाँचपास भएको जानकारी दिए।केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिलेसम्मकै छोटो समयमा धेरै राजस्व जम्मा भएको भन्सार प्रमुख चुडालले बताए। नेपाल–चीनतर्फका प्रमुख व्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द अवस्थामा छ। यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रुपमा कोरलानाका बनेको छ।रसुवागढी नाका पूर्ण रुपमा बन्द नहुँदै भदौ १० गते अघि चालु वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा रु ५३ लाख मात्रै राजस्व सङ्कलन भएको थियो। यस अवधिको चालीस दिनमा कोरलानाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारी (इभी) गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो।

    मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी रु तीन अर्ब सात करोड ९३ लाख राजस्व सङ्कलन भएको छ । प्रमुख चुडालले पहिलो साउन महिनामा रु २६ करोड ३९ लाख राजस्व मुस्ताङ भन्सार कार्यालयमा सङ्कलन भएकोमा दोस्रो भदौ महिनामा रु दुई अर्ब ८१ करोड ५४ लाख राजस्व सङ्कलन भएको हो ।मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी (इभी) गाडी (लिजी–न्हेचुङ) कोरलानाका हुँदै नेपाल भित्रिदा रु १७ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो।यसैगरी चालु वर्षको भदौ महिनामा एक हजार २५३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिदा रु एक अर्ब ९३ करोड ९७ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए। यस्तै चालु वर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए।मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२/०८३ को १२ महिनामा रु ६ अर्ब ९२ करोड राजस्व जम्मा गरेको थियो । त्यस वर्ष कोरलानाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिएका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend