काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३,ओरिन्टल को अपरेटिभका ३ र कान्तिपुर सहकारीका २९ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्ताको बचत फिर्ताका लागि प्रयोग भइरहेको समितिले जनाएको छ। यसक्रममा साना बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयका अनुसार समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमको आधारमा निरन्तर अघि बढाइनेछ।




.gif)



