images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी...

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमणसमेत हो।प्रधानमन्त्री शाहले आगामी असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सामान्य बहसमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उनको सम्बोधनमा नेपालको जलवायु संकट, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति र हिमाली मुलुकले जलवायु परिवर्तनका कारण भोग्दै आएको असमान प्रभाव मुख्य विषय बन्ने तयारी छ।

    images
    images

    पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिलाई पनि प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको जलवायु जोखिमसँग जोडेर प्रस्तुत गर्ने तयारी गरेका छन्। नेपालजस्ता हिमाली मुलुकले जलवायु परिवर्तनमा तुलनात्मक रूपमा कम योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको विषयलाई उनले अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भएका हुन्।न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। महासभाको उच्चस्तरीय सत्रका क्रममा हुने भेटमा नेपालका समसामयिक विषयसँगै जलवायु परिवर्तन र त्यसबाट सिर्जित जोखिमका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्रीको भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार महासभामा सहभागी हुने नेपाली टोलीमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित अन्य सरकारी अधिकारी सहभागी छन्।प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमण छोटो रहनेछ। उनी सेप्टेम्बर २६ अर्थात् असोज १० गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend