images

२०८३ आश्विन १५ गते

images
images
images
  • शिक्षा
  • त्रिविको दीक्षान्त समारोहमा सहभागी हुन...

त्रिविको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौं आउनुपर्ने बाध्यता हट्यो,अब सातवटै प्रदेशमा

त्रिविको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौं आउनुपर्ने बाध्यता हट्यो,अब सातवटै प्रदेशमा

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पहिलोपटक प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गरी विद्यार्थी दीक्षित गर्ने भएको छ।त्रिवि कार्यकारी परिषद्ले सातवटै प्रदेशमा विद्यार्थी दीक्षित गर्ने निर्णय गरेसँगै परीक्षा नियन्त्रण कार्यालयले प्रक्रिया अघि बढाएको छ। कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीसँग अनलाइन आवेदन माग गरेको छ। विद्यार्थीलाई प्रदेशगत रूपमा दीक्षान्त समारोह केन्द्र छनोट गर्ने व्यवस्था गरिएको छ।  त्रिविले आयोजना गर्न लागेको ५२औँ दीक्षान्त समारोहमा १ असार २०८२ देखि ३१ जेठ २०८३ सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातककोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी र यही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह पूरा गर्ने विद्यार्थीहरू सहभागी हुन सक्नेछन् ।

    images
    images

    बागमती प्रदेश केन्द्र, कोशी प्रदेश केन्द्र, मधेश प्रदेश केन्द्र, गण्डकी प्रदेश केन्द्र, लुम्बिनी प्रदेश केन्द्र, कर्णाली प्रदेश केन्द्र र सुदूरपश्चिम केन्द्र गरी सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र तोकिएको छ । एमफिल र पीएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूलाई विद्यार्थीहरूका लागि भने बागमती प्रदेश केन्द्र तोकिएको छ । यसबाहेक अन्य विद्यार्थीहरूले आफूलाई पायक पर्ने सातै प्रदेशका केन्द्रमध्ये एक छनोट गर्न सक्नेछन् ।दीक्षान्त समारोह एकैपटक आयोजना हुने छैन । केन्द्रअनुसार फरक–फरक मितिमा हुनेछ । अनलाइन आवेदन दिँदा नै विद्यार्थीहरूले आफूलाई पायक पर्ने केन्द्र छनोट गर्न पाउनेछन् । एकपटक केन्द्र छनोट भएपछि परिवर्तन गर्न नपाइने त्रिविले जनाएको छ । पुस मसान्तसम्म दीक्षान्त कार्यक्रम गरिसक्नुपर्ने व्यवस्था छ । तर, त्रिवि सभाले पूर्णता नपाएकाले यस वर्ष दीक्षित हुने विद्यार्थीको ‘ग्रेस लिस्ट’ पारित हुन सकेको छैन ।  ५२औँ दक्षिान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीहरूले १ असोज २०८३ देखि १२ कात्र्तिक २०८३ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend