काठमाडाैँ । पोखरामा चाङ्गानको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी नेभो Q05 सार्वजनिक गरिएको छ। MAW Vriddhi Autocorp Pvt. Ltd. ले Q05 को अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको हो।Q05 सार्वजनिक गरेसँगै पोखराको चाउथेस्थित डीपल शोरुममा असोज ३ देखि ६ गतेसम्म चारदिने विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको छ। ग्राहकले उक्त अवधिमा गाडी प्रत्यक्ष चलाएर यसको सुविधा र प्रदर्शन अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार Q05 मा १२० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्ने दाबी गरिएको छ। गाडीले WLTPC परीक्षणअन्तर्गत ४०५ किलोमिटर रेन्ज दिने तथा ऊर्जा खपत १२.९ kWh प्रति १०० किलोमिटर रहेको कम्पनीले जनाएको छ।
Q05 मा CATL सेलसहितको Golden Shield Battery 2.0 प्रविधि प्रयोग गरिएको छ। 3C फास्ट चार्जिङ प्रणालीमार्फत उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।गाडीमा २,७३५ मिलिमिटरको ह्वीलबेस, ५४० लिटरको डुअल-लेभल बुट, १४.६ इन्चको टचस्क्रिन, वायरलेस Apple CarPlay र Android Auto लगायतका सुविधा छन्। भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर असिस्टेन्स फङ्सन र ५४० डिग्री प्यानोरामिक भ्युिङ सिस्टमसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार Q05 को डिजाइन चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा Volkswagen Group का पूर्व हेड अफ डिजाइन क्लाउस जिक्योराको नेतृत्वमा विकास गरिएको हो। Q05 ले २०२६ Golden A’ Design Award समेत प्राप्त गरेको कम्पनीको दाबी छ।
पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष शोभा गौतम, NADA का पूर्व अध्यक्ष ध्रुव थापा, WADA का उपाध्यक्ष निरन केसी, डीपलका एम्बेसडर प्रदीप खड्का तथा MAW Vriddhi Autocorp का निर्देशक पार्थ सिकरिया र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्दलगायतको उपस्थिति थियो।




.gif)





