images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • भन्सार छलेर ल्याइएका १७ लाख ५६...

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

images
images
शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • वीरगञ्ज (पर्सा), ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।

    images
    images

    वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।

    त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठमा लुकाइराखेको रु १० लाख ५८ हजार ५४० बराबरका कपडा बरामद गरिएको छ ।

    images
    images

    बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend