images

२०८३ आश्विन १५ गते

images
images
images

फिल्म ‘बखत्ते’को शुभ मुहूर्त, मुख्य भूमिकामा विपिन र मिरूना

फिल्म ‘बखत्ते’को शुभ मुहूर्त, मुख्य भूमिकामा विपिन र मिरूना

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । चलचित्र ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ। ‘बखत्ते’को शुक्रबार ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त गरिएको हो । चलचित्र आशिष तामाङ र प्रदीपजी धामीले निर्माण गर्न लागेका हुन् ।आन्भी फिल्मसको प्रस्तुति र कबड्डी फिल्म्सको सहयकार्यमा बन्ने उपेन्द्र सुब्बाले निर्देशन गर्ने भएका छन् । चलचित्रमा उनैको लेखन रहेको छचलचित्रमा विपिन कार्की र मिरुना मगर छन् । यस्तै, यस सिनेमामा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामा लगायतको अभिनय रहनेछ ।

    images
    images

    ‘मैले लामै समय लिएर बखत्ते निर्देशन गर्न लागेको छु । यो कथा चाहिँ दर्शकले रुचाउनु हुनेछ भन्ने लागेको छ’, निर्देशक सुब्बाले भने, ‘इमानदार भएर कथा लेखेको छु, सिनेमा पनि इमानदार भएर बनाउनेछु । आशा छ, दर्शकले पनि मन पराउनु हुनेछ ।’ सुब्बाको पछिल्लो निर्देशन ‘जारी २’ हो ।चलचित्रमा कार्यकारी निर्माता युवराज काफ्ले छन् । सह–निर्मातामा अन्जु पाण्डे र पुष्कर घिमिरे छन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।चलचित्रमा सुशान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको सङ्गीत रहनेछ । गीत युवराज काफ्ले र दानबहादुर कार्कीको रहनेछ । मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मको वितरण काठमाडौँमा एप्पल इन्टरटेनमेन्टले गर्नेछ भने काठमाडौँ बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend