images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजदेखि भैरहवामा कतार एयरलाइन्सको नियमित उडान,...

आजदेखि भैरहवामा कतार एयरलाइन्सको नियमित उडान, यस्तो छ सेड्युल

आजदेखि भैरहवामा कतार एयरलाइन्सको नियमित उडान, यस्तो छ सेड्युल

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । भैरहवा विमानस्थलमा आजदेखि कतार एयरवेजले नियमित रुपमा उडान थाल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिका अनुसार हप्तामा सातवटा उडान भर्न लागिएको हो ।

    images
    images

    यस अनुसार कतार एयरलाइन्सको विमान प्रत्येक दिन दोहाबाट दिउँसो २ः४५ बजे भैरहवा विमानस्थल आइपुग्नेछ । त्यही विमान अपराह्न ४ः४५ बजे भैरहवाबाट काठमाडौं आउनेछ । सोही दिन ६ः५५ बजे उक्त विमान काठमाडौंबाट दोहाका लागि उड्नेछ । यो सेड्युल नोभेम्बर ३० सम्मको लागि कायम रहनेछ । त्यसपछि भने दोहा–भैरहवा–दोहा डाइरेक्ट फ्लाइट गर्ने प्राधिकरणको योजना छ ।

    यसअघि यो विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा एयर र थाई एयर एशियाले उडान सुरु गरिसकेका छन् । कतार एयरवेज भैरहवा जाने पाँचौं एयरलाइन्स कम्पनी हो ।

    images
    images

    प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले विश्वमै चलेका यी एयरलाइन्सहरु भैरहवा जानुले भैरहवा विमानस्थल अन्तराष्ट्रिय रुपमा परिचित हुने वातावरण बनेको बताए । सेड्युल उडानमा समावेश हुनुको अझै ठूलो रणनीतिक महत्व रहेको उनको भनाइ छ । 

     

    Untitled

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend