images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • तीन दिन नदीमा बाढीको जोखिम, देशभर...

तीन दिन नदीमा बाढीको जोखिम, देशभर जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान

तीन दिन नदीमा बाढीको जोखिम, देशभर जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रायः सबै मुख्य नदी प्रणालीमा बहाव बढ्ने अनुमान छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ।महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदी प्रणालीका सम्पूर्ण क्षेत्रहरूमा जलसतह उल्लेख्य बढ्ने छ। त्यसैगरी कन्काई, बबई र पश्चिम राप्ती नदीमा पनि तीनै दिन जलसतह निरन्तर बढ्ने अनुमान गरिएको छ। बागमती र पूर्वी राप्ती नदीमा भने आज बहाव सामान्य बढे पनि भोलि र पर्सि उल्लेख्य रूपमा बढ्ने बुलेटिनमा उल्लेख छ। कमला नदीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भए पनि पर्सि सामान्य मात्र बढ्ने पूर्वानुमान छ।

    images
    images

    आज ताप्लेजुङ, संखुवासभा, ओखलढुङ्गा, सोलुखुम्बू, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला भई बहने स-साना नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ। यी जिल्लाहरू भई बहने साना नदीमा आकस्मिक बाढीको ‘मध्यम जोखिम’ रहनेछ।भोलि र पर्सि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव ‘आकस्मिक बढ्न सक्ने’ पूर्वानुमान रहेको छ। महाशाखाले सम्भावित जोखिमबाट बच्न र पूर्वतयारीका लागि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    796138928_1012378401819827_3555706188350981994_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend