images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रहरीमाथि कुटपिट गरी फरार प्रतिवादी ललितपुरबाट...

प्रहरीमाथि कुटपिट गरी फरार प्रतिवादी ललितपुरबाट पक्राउ

प्रहरीमाथि कुटपिट गरी फरार प्रतिवादी ललितपुरबाट पक्राउ

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • सर्लाही । कुटपिट अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका वडा नं. १० सलेमपुर बस्ने ५० वर्षका अशोक कुमार यादव रहेका छन्। उनलाई ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलबाट भदौ २३ गते पक्राउ गरिएको हो। पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट कुटपिट अङ्गभङ्ग कसूरमा म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    यादव साहसहितका प्रतिवादीहरूले गत जेठ २५ गते ड्युटीमा रहेका प्रहरी कर्मचारीहरूलाई कविलासी नगरपालिका वडा नं. ८ अगर्वामा कुटपिट गरी घाइते बनाएका थिए। साथै नेपाल प्रहरीको मोटरसाइकल समेत तोडफोड गरी उनीहरू फरार भएका थिए। यस सम्बन्धमा आपराधिक उपद्रव कसूरमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ।यसअघि पनि यादवमाथि विभिन्न मितिमा राज्य विरुद्धको कसूर, चोरी सम्बन्धी कसूर, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्ति विरुद्धको कसूर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव लगायतका ११ वटा कसूरमा अनुसन्धान भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend