images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • उपत्यकामा वैकल्पिक मार्गबाट हुँदै भित्रियाे...

उपत्यकामा वैकल्पिक मार्गबाट हुँदै भित्रियाे ८७ हजारभन्दा धेरै सिलिण्डर ग्यास

उपत्यकामा वैकल्पिक मार्गबाट हुँदै भित्रियाे ८७ हजारभन्दा धेरै सिलिण्डर ग्यास

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडाैँ । पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि पनि काठमाडौंमा एलपी ग्यासको आपूर्ति रोकिएको छैन। नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका विभिन्न उद्योगबाट ग्यास रिफिल गरेर काठमाडौं ल्याउने व्यवस्था मिलाएपछि तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास काठमाडौं भित्रिएको छ ।निगमका अनुसार भदौ १८ गते २४ हजार ४९४ सिलिण्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिण्डर र भदौ २० गते २९ हजार २४९ सिलिण्डर काठमाडौं ल्याइएको हो। कृष्णभीर खण्डको सडक अवरुद्ध भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ।

    images
    images

    तीन दिनमा सबैभन्दा धेरै ग्यास भदौ १९ गते काठमाडौं भित्रिएको छ। उक्त दिन मात्रै ३४ हजार १३४ सिलिण्डर ल्याइएको थियो। निगमका अनुसार कृष्णभीर खण्डको सडक नियमित सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियाबाट एलपी ग्यास ल्याएर बिक्री–वितरण गर्ने व्यवस्था निरन्तर रहनेछ। यसरी सडक अवरोधका कारण काठमाडौंमा ग्यासको आपूर्ति प्रभावित हुन नदिन निगमले तराईका उद्योग र वैकल्पिक सडकमार्ग प्रयोग गरेर आपूर्ति व्यवस्थापन गरिरहेको छ।

    gas-

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend