images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पहिरोले बडीमालिका–९ का आधा दर्जन घरमा...

पहिरोले बडीमालिका–९ का आधा दर्जन घरमा क्षति

पहिरोले बडीमालिका–९ का आधा दर्जन घरमा क्षति

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • धनगढी । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ।घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको हो। पहिरोले केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।पहिरोमा परेर मोती उखेडाका दुईवटा गोरु मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने भएको छैन।

    images
    images

    पहिरो घरभित्रै पसेपछि भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवारहरू थप जोखिममा परेका छन्।अविरल वर्षाका कारण बाजुराका अन्य विभिन्न स्थानमा समेत बाढी, पहिरो र डुबानबाट क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइरहेको प्रहरीले जनाएको छ। जिल्लाका अन्य क्षेत्रमा कहाँ–कति क्षति भयो भन्नेबारे यकिन विवरण भने आउन बाँकी छ।वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend