images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आजदेखि तीन दिन नदीमा बाढीको जोखिम,...

आजदेखि तीन दिन नदीमा बाढीको जोखिम, रसुवा–नुवाकोट उच्च जोखिममा

आजदेखि तीन दिन नदीमा बाढीको जोखिम, रसुवा–नुवाकोट उच्च जोखिममा

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा साना नदीहरूमा पानीको बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले बिहीबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आजदेखि आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्नेछ।

    images
    images

    विशेषगरी रसुवा र नुवाकोट जिल्ला भई बग्ने नदीहरूमा उच्च जोखिम देखिएको छ। महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशूली नदी तथा स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ।’ गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि अझै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ। त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।यसैगरी, आज ताप्लेजुङदेखि कञ्चनपुरसम्मका अधिकांश जिल्ला भई बग्ने साना नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। पूर्वका ताप्लेजुङ, पाँचथर, संखुवासभादेखि काठमाडौँ उपत्यका हुँदै पश्चिमका कास्की, सुर्खेत, अछाम, बाजुरा र दार्चुलासम्मका दर्जनौँ जिल्लाका साना नदीहरूमा बाढी आउन सक्ने महाशाखाले जनाएको छ।

    आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ। यद्यपि, आगामी तीन दिन अर्थात् भदौ २० गतेसम्म यी सबै नदी प्रणालीहरूका विभिन्न जलमापन केन्द्रहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढीको जोखिम बढेसँगै महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन सूचित गरेको छ।

    images
    images

    789949490_1033395079703546_2978239801177290760_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend