images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गर्ने युवक पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गर्ने युवक पक्राउ

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • मन्थली । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन्।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा 'पोष्ट' गरेका थिए। तर, अनुसन्धानका क्रममा उनले सो रकम सहयोग नगरेको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ई-सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेको खुलेको छ।

    images
    images

    उनले सो नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत QR कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको प्रहरीले जनाएको छ। मानिसहरूले राहत कोषमा पैसा पठाएको ठानेर उनको व्यक्तिगत खातामा पैसा पठाउने जोखिम बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिनुभयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend