images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कैलाली–कञ्चनपुरमा बाढीको जोखिम, नदी तथा खोलाको...

कैलाली–कञ्चनपुरमा बाढीको जोखिम, नदी तथा खोलाको बहाव बढ्दो

कैलाली–कञ्चनपुरमा बाढीको जोखिम, नदी तथा खोलाको बहाव बढ्दो

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • धनगढी । कञ्चनपुरमा र कैलालीमा भारी वर्षा भइरहेको बाढीको जोखिम बढेको छ। शनिबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बडेसँगै बाढी जोखिम बढेको हो।जल तथा मौसम विज्ञान विभागले कैलाली, कञ्चनपुर र बर्दियाका केही स्थानमा ठुलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images

     विभागले नदी तटीय क्षेत्र, बाढी तथा पहिरोको जोखिममा रहेका स्थानका बासिन्दालाई  सावधानी अपनाउन शनिबार भनेको थियो।वर्षाका कारण कञ्चनपुरको महाकाली, दाेदा, भुजेला र कैलालीमा पनि खुटिया, कान्द्रा, मोहना, चौधरलगायतका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको छ।

     भारी वर्षापछि आकस्मिक बहाव बढ्ने र होचा भूभाग डुबानमा पर्ने जोखिम छ। यी ठाउँका प्रशासन र सुरक्षा निकायले समेत सम्भावित विपद्का लागि आवश्यक सतर्कता अपनाउनुपर्ने भएकाले साेही अनुसार तयारी अवस्थामा रहेको सम्बन्धित निकायले जनाएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend